पाटनको ऐतिहासिक कार्तिक नाच सुरु (तस्बिरहरू)

काठमाडौँ । हिन्दु देवता विष्णुको १७ कथाहरूसँग जोडिएको ऐतिहासिक कार्तिक नाच बुधबारबाट सुरु भएको छ । पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन  दरबार चोकभित्र रहेको भगवान् कृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक कार्तिक नाच सुरु गरेको इतिहासमा उल्लेख रहेको पाइन्छ ।

कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य अनि संगीतमा आधारित भएर देखाइने नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । सुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले दुई दिनको लागि नाशल चोकमा देखाएर यसको सुरुवात गरेका थिए । तर पछि उनका छोरा श्रीनिवास मल्लले यसलाई सात दिन देखाउन थाले ।

यसै गरी श्रीनिवास मल्लका छोरा राजा योग नरेन्द्र मल्लले यसलाई १५ दिन सम्म मञ्चन गर्न थाले । अहिले भने यो नाच बढीमा १ महिना सम्म नचाइन्छ । कार्तिक नाच सुरुमा ‘बाथः प्याखँ’ बाट सुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान् विष्णुको  विभिन्न कथाहरूमा आधारित नाचहरू प्रस्तुत गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *