एकीकृत समाजवादीले डाक्याे स्थायी कमिटी बैठक
२०७८ कार्तिक २५ गते

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसाे २ बजेका लागि बाेलाइएकाे पार्टी उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अर्पण बैंङ्क्वेटमा बस्ने बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरू अनुमोदन गर्ने खतिवडाले बताए । बैठकमा एमालेसहितका विभिन्न दल परित्याग गरी आएका नेताहरू तथा आउने तरखरमा रहेका नेताहरूकाे पार्टीभित्रकाे भूमिकाबारे छलफल हुने खतिवडाले बताए ।
२०७८ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








