एकीकृत समाजवादी काठमाडौँकाे अध्यक्षमा कार्की चयन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को काठमाडौँ जिल्ला अध्यक्षमा कुसुमकुमार कार्की चयन भएका छन् । बिहीबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले बागमती प्रदेश सभा सदस्यसमेत रहेका कार्कीलाई अध्यक्षकाे जिम्मेवारी दिएकाे हाे ।

बैठकमा कार्कीसहित कमिटीका पदाधिकारी र सदस्यहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले शपथ ग्रहण गराएका छन् । कमिटीको उपाध्यक्षमा बटुकृष्ण थापा र ओमकुमारी श्रेष्ठ तथा सचिव एलपी श्रेष्ठ चयन भएका छन् ।

कमिटीका उपसचिव ध्रुवराज न्यौपाने, कृष्णहरी खत्री र सुरेन्द्रहर्ष बज्राचार्य चयन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =