देउवाले बोलाए आफूनिकट नेतालाई छलफलमा

काठमाडौँ । प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई छलफलका लागि बोलाएका छन् । १४औं महाधिवेशनकेन्द्रित छलफल गर्ने भन्दै सभापति देउवाले आफूनिकटका नेताहरूलाई बोलाएको नेता प्रकाशशरण महतले बताए ।

बैठक आपराह्नबाट प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बस्नेछ । सभापति देउवाले बैठकमा उपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री महतलगायतलाई बोलाएका छन् ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौमा हुँदैछ । सभापति देउवाले यसअघि नै महाधिवेशन समयमै हुने दाबी गरेका छन् । उनले भनेका थिए— ‘मैले चाहेर हुँदैन । अब महाधिवेशन मेरो हातमा छैन । यो निर्वाचन समितिको हातमा छ । अब महाधिवेशन मैले रोकेर रोकिँदैन ।’

यसअघि नै पटक–पटक स्थगित भएको महाधिवेशन अब भने समयमै टुङ्ग्याउनुपर्ने बाध्यता कांग्रेसलाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =