चीन-अमेरिकाबीच जलवायु सहकार्यलाई तीव्रता दिने सहमति

काठमाडौँ । चीन र अमेरिकाबीच जलवायु सहकार्यलाई तीव्रता दिने विषयमा सहमति भएको छ । स्कटल्यान्डको ग्लास्गोमा आयोजित कोप-२६ सम्मेलनपछि उनीहरूबीच आउँदो दशकसम्म जलवायु सहकार्यलाई बढाउने सहमति भएको हो ।

विश्वका दुई ठूला हरितगृह ग्यासका उत्सर्जनकर्ताहरूले आफ्ना कामलाई तीव्रता दिने उल्लेख गरिएको एउटा संयुक्त वक्तव्य जारी गरिएको छ । बीबीसीकाअनुसार सो वक्तव्यमा प्यारिस सम्झौताले तय गरेको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न ‘उनीहरूको सहकार्यको दृढ बाचालाई स्मरण’ गरेको जनाइएको छ ।

उनीहरूले उक्त लक्ष्य भेट्नका लागि रहेका ‘उल्लेख्य खाडलहरू’ पुर्ने प्रयासहरू बढाउने बताएका छन् । चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा ‘चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको’ दाबीसमेत गरेका छन् ।

यसअघि कोप २६ लाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी जिनपिङ भौतिक रूपमा उपस्थित नभएको भन्दै आलोचना गरेका थिए । राष्ट्रपति बाइडेनले ‘सीले सम्मेलनमा सहभागिता नजनाएर ठूलो गल्ती गरे’ भनेका थिए । सीले भने लिखित स्टेटमेन्टमार्फत सम्मेलनमा सहभागिता जनाएका थिए । यद्यपि यी दुई देशबीच सहकार्य गर्ने सहमति बनेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eight =