नेपाल प्रहरीका ९५ जना डिएसपीको सरुवा, काे कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब निरीक्षक डिएसपीको सरुवा भएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरुवा गरेको हो ।  मंसिर महिनाको तलब हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार उक्त सरुवा भएको भएको हो ।

प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका कृष्णराज ओझाको केन्द्रीय अनुसन्धान ब्युरो पिलर २ आर्थिक अपराध अनुसन्धान शाखामा सरूवा भएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरूवा भएको छ। उनको सट्टामा केन्द्रीय अनुसन्धान ब्युरोका अनिल घिमिरेलाई पठाइएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुर अन्वेषण योजना शाखामा सरूवा भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *