सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच ठेलमठेला (भिडिओसहित)

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रहरी र वकिलहरूबीच ठेलमठेला चलेको छ । वकिलहरूले सर्वोच्च परिसरभित्र प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्ने क्रममा ठेलमठेला चलेको हो ।

वकिलहरू (कानून व्यवसायीहरु) ले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । प्रदर्शनमा सहभागीहरूले आफ्नो अडान कायम राखे । उनीहरूले प्रदर्शन गर्न नदिएमा सर्वोच्च अदालतको मूल ढोकामै प्रदर्शन गर्ने भनाइ राखे ।

त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी र वकिलहरूबीच ठेलमठेल भएको थियो । वकिलहरूले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नारा लगाएका छन् । उनीहरुले ‘चोलेन्द्रका मतियार होसियार’ भन्दै नारा पनि लगाएका छन् ।

यसअघि पनि त्यहाँ वकिलद्वय विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट नै चलेको थियो । कानून व्यवसायीहरूले प्रधान न्यायाधीश जबराको राजीनामा माग्दै आएका छन् । प्रधान न्यायाधीश जबराले भने आफूले सम्मानजनक बहिर्गमन चाहेको उल्लेख गर्दै सडकबाट राजीनामा माग्दैमा नदिने दाेहाेर्‍याउँदै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *