घाटमा नुहाउने क्रममा एकको मृत्यु‚ एक बेपत्ता

विराटनगर । मोरङको रंगेलीमा छठका लागि घाट बनाएर नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

रंगेली नगरपालिका ८ को बक्राह खोलामा नुहाउने क्रममा भारतको मध्येपुरा सिंघेश्वर ग्रामथान पञ्चायत घर भएका २६ वर्षीय विट्टु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही स्थानका १८ वर्षीय राजकुमार साह खोलामा बेपत्ता भएकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रंंगेलीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *