हारबारे के भन्छन् भारतीय प्रशिक्षक शास्त्री र कप्तान कोहली ?

काठमाडौँ । भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षक रवि शास्त्रीले विश्वकप खेलेको भारतीय टिम शारीरिक तथा मानसिक रुपमा थकित भएकाले सोचेजस्तो नतिजा नआएको बताएका छन् । उनले आईपीएल र विश्वकपको बीचमा खेलाडीलाई पर्याप्त आराम नमिलेको बताए ।

उनले भनेका छन्, ‘भारतीय टिमले लगातार धेरै खेलेको थियो । परिवारबाट पनि धेरै टाढा रह्यो । यस्तोमा सबै खेलाडी शारीरिकमात्र होइन, मानसिक रूपमा पनि निकै थकित थिए ।’

विश्वकप सुरु हुनुअघि नै  खेलाडीलाई केही आरामको आवश्यकता रहेको उनले बताएका छन् । ‘विश्वकपजस्तो प्रतियोगिताले खेलाडीलाई दबाबमा राख्छ नै‚’ उनले भने‚ ‘भारतीय खेलाडी पनि अपवाद रहेनन् । हाम्रा थकित खेलाडीले त्यो दबाब सहन सकेनन् ।’

प्रतियोगिता सुरु हुनुअगावै उपाधि दाबेदार मानिएको भारत प्रतियोगिताको समूह चरणबाटै बाहिरियो । अन्तिम ३ खेल जिते पनि सुरुका २ खेल हारेको भारत प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगिता सुरु हुनुअघि नै भारतले ११ महिना लगातार खेलेको थियो । ती खेलमा राम्रो नतिजा पनि निकालेको थियो ।

अस्ट्रेलिया, ईंग्ल्यान्ड र श्रीलंकासँगको टेस्ट र एकदिवसीय शृंखलामा भारतले राम्रो खेलेको थियो । भारतीय टिमको मुख्य प्रशिक्षकका रुपमा शास्त्रीको अन्तिम खेल सोमबार नामिबियासँग थियो । त्यो खेल भारतले जिते पनि प्रतियोगिताको सेमिफाइनलमा भने पुग्न सकेन ।

यस्तै कप्तान विराट कोहलीले पछिल्ला तीन खेलमा जस्तो शुरूवाती दुई खेलमा टीमले साहस देखाउन नसकेको बताएका छन् । नामिबियासँगको खेलपछि उनले भने‚ ‘जितका लागि बलिङ र ब्याटिङ दुवै राम्रो गर्नुपर्छ ।’

बीबीसी हिन्दीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *