प्यूठानमा क्रिकेट संघको तदर्थ समिति गठन

काठमाडौँ । प्यूठानमा तेजबहादुर पुनको अध्यक्षतामा जिल्ला क्रिकेट संघ तदर्थ समिति गठन भएको छ । प्यूठानको जुम्रीमा मंगलबार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्यामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा सन्दीप श्रेष्ठ, सचिवमा जीवन खनाल र कोषाध्यक्षमा आशिष श्रेष्ठ रहेका छन् । त्यस्तै सदस्यमा महेन्द्र वि.क., उमेश घर्तिमगर, मिलन राना, गणेश गिरी, किरण बुढामगर, अमित थापा मगर र हुकुम परियार छन् ।

योसँगै प्यूठानलाई नेपाल किकेट संघ (क्यान)को जिल्ला सदस्यता पाउने बाटो खुलेको छ । प्यूठानमा दुई दशकदेखि क्रिकेट प्रतियोगिता हुँदै आएपनि संघ गठन भएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *