एमाले नेता भुसाललाई पनि भेटे पाण्डेले

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले एमाले उपमहासचिव घनश्याम भुसाललाई भेटेका छन् । विवेकशील साझामा सैद्धान्तिक र वैचारिक विवाद बढिरहँदा पाण्डेले भुसाललाई भेटेका हुन् । पाण्डेललगायतका नेताहरूले यसअघि नै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूसँग छलफल गरिसकेका छन् ।

भुसालसँग समग्रमा राजनीतिक कुराकानी भएको पाण्डेले बताएका छन् । पाण्डेले भनेका छन्, ‘बीपी कोइरालादेखि उज्वल थापासम्म, सात सालको क्रान्तिदेखि विवेकशील आन्दोलन र इनफ इज इनफसम्मको मुभ्मेन्टसम्म र तिनको तरङ्ग र तिनले स्थापित गरेको भाष्यबारे खुलेर कुराकानी भयो ।’

पाण्डेले अन्य राजनीतिक दलका नेताहरूसँग छलफल गर्दा एउटै कुरालाई हेर्ने फरक दृष्टिकोणबारे थाहा हुने बताए । ‘फरक पार्टीका साथीहरूसँग संवाद गर्दा अनुभव आदानप्रदान मात्रै हुँदैनन्, एउटै कुरालाई हेर्ने फरक दृष्टिकोण बुझ्ने मौका पनि पाइन्छ,’ पाण्डेले आफ्नो आधिकारिक फेसबूकमार्फत लेखेका छन् ।

विवेकशील साझाकाे अध्यक्ष रवीन्द्र मिश्र पक्षकाे कात्तिक ११ गते बसेकाे केन्द्रीय समितिकाे बैठकले पाण्डेको संयोजकको हैसियतमा पाएका पार्टीभित्रको अधिकार खाेसेको छ । पार्टीको बहुमत केन्द्रीय सदस्यहरूले गरेका उक्त निर्णय निर्वाचन आयोगमा समेत अद्यावधिक भइसकेको छ । उक्त निर्णयलाई पाण्डे पक्षले भने अवैधानिक भन्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =