नामिवियामाथि भारतको जित

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको छ। सुपर १२ अन्तर्गत समूह २ को खेलमा भारतले नामिवियालाई ९ विकेटले  पराजित गरेको हो ।

१ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा  पूरा गर्‍यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ५६ रनको योगदान गरे । केएल राहुलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे । नामिवियाका जान फ्रालिङचे एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गर्ने निम्तो पाएको नामिवियाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन जोडेको थियो । नामिवियाका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडे । भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीन–तीन विकेट हात पार्दा जसप्रित बुमराहले दुई विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *