सामूहिक बलात्कार आरोपपछि भागेका तीन जना पक्राउ
२०७८ कार्तिक २२ गते

पोखरा । म्याग्दीमा भएको सामूहिक बलात्कार घटनाका आरोपितहरू पक्राउ परेका छन् । बेनी नगरपालिका- ५ पुलाचौरमा कात्तिक २ गते राति एक महिलामाथि सामूहिक बलात्कार भएको भन्दै पीडित भनिएकी महिलाले प्रहरीमा जानकारी गराएकी थिइन् ।
उनको किटानी जाहेरीका आधारमा तीन जनालाई प्रहरीले खोजी गरेको हो ।
आरोपित तीनै जना आइतबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँका १८ वर्षीय प्रवेश रामदाम, २२ वर्षीय प्रकाश रामदाम र २४ वर्षका हितमेन बानियाँ छन् ।
एक जना आइतबार रुपन्देहीबाट र दुई जना पोखराबाट पक्राउ परेका प्रहरी प्रमुख श्यामकुमार राईले जानकारी दिए । राति सुतिरहेको अवस्थामा डर/धम्की देखाएर ती महिलामाथि बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् ।
२०७८ कार्तिक २२ गते
प्रतिक्रिया








