आर्सनलको वाटफोर्डमाथि १-० को जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वाटफोर्डमाथि जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा आर्सनलले वाटफोर्डलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा एमिले स्मिथ रोवले खेलको ५६औँ मिनेटमा गरेको गोल खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा वाटफोर्डका जुराज कुकाले खेलको ८९औँ मिनेटमा रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो ।

यो जितपछि आर्सनलको ११ खेलमा २० अंक भएको छ र लिगमा पाँचौँ स्थानमा उक्लिएको छ । त्यस्तै वाटफोर्डको भने ११ खेलमा १० अंक रहेको छ र लिगमा १७औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *