लिभरपुल वेस्टह्यामसँग पराजित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत वेस्टह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्टह्यामले लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

वेस्टह्यामको जितमा पाब्लो फोर्नल्स र कुर्ट जोउमाले एक/एक गोल गरेका थिए भने एक गोल लिभरपुलका गोलकिपर एलिसन बेकरले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै लिभरपुलका लागि ट्रेन्ट एलेक्जेन्डर अर्नाल्ड र डिभोक ओरिगीले एक/एक गोल गरेका थिए । यो जितपछि वेस्टह्यामको ११ खेलमा ७ जित, २ बराबरी र २ हारसहित २३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।

वेस्टह्यामको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अंक बराबरी रहेको छ ।  यस सिजनको प्रिमियर लिगमा यो लिभरपुलको पहिलो हार हो । लिभरपुल यो हारपछि ११ खेलमा २२ अंकसहित चौथो स्थानमा झरेको छ । लिभरपुलले ११ खेलमा ६ खेल जितेको छ भने ४ खेल बराबरी खेलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *