टी-ट्वेन्टी विश्वकपको सेमिफाइनल समिकरण पूरा

काठमाडौँ । युएईमा चलिरहेको आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण पूरा भएको छ ।

आइतबारका दुई खेलसँगै सेमिफाइनल पुग्ने एक टिमको टुंगो लाग्नुका साथै समुह २ को विजेता उपविजेता पनि तय भएको हो ।

आइतबार रातीको खेलमा स्कटल्यान्डलाई हराउँदै समुह २ बाट पाकिस्तान समुह विजेता बनेको छ । समुह चरणका पाँचै खेलमा जित हात पार्दै पाकिस्तान शिर्ष स्थानमा रहन सफल भयो ।

अब पहिलो सेमिफाइनलमा समुह १ को विजेता इ्रग्ल्यान्डले समुह २ को उपविजेता न्युजिल्यान्डसँग आउँदो बुधबार खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा विहीबार समुह २ को विजेता पाकिस्तानले समुह १ को उपबिजेता अस्ट्रेलियासँग खेल्नेछ ।

आइतबार पाकिस्तानले स्कटल्यान्डलाई ७२ रनले हरायो । १९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । उसका रिच वेरिङटनले ५४ रन बनाएपनि अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजमले ६६, सोएब मल्लिकले ५४ र मोहम्मद हाफिजले ३१ रन बनाए । बाबरले ४७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । विष्फोटक ब्याटि गरेका मल्लिकले मात्र १८ बलमा ६ छक्का र १ चौकासहित ५४ रन बनाए । हाफिजले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

आइतबारको पहिलो खेलमा विजयी हुँदै न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ । यससँगै भारत र अफगानिस्तानको सेमिफाइनलको सम्भावना समाप्त भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *