म्यान्चेस्टर डर्बीमा सिटी विजयी

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर डर्बी सिटीले जितेको छ । शनिबार सम्पन्न डर्बीमा सिटीले युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा सिटीका लागि बेर्नानडो सिल्भाले एक गोल गरेका थिए भने एक गोल युनाइटेडका एरिक बेलीले आत्मघाती गोल गरेका थिए ।

बेलीले गरेको आत्मघाती गोलबाट सिटीले खेलको ७औँ मिनेटमा युनाइटेडमाथि अग्रता लिएको थियो । त्यसपछि खेलको ४५औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २-० को अग्रता दिलाएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी ११ खेलमा २३ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै युनाइटेड भने ११ खेलमा १७ अङ्कसहित लिगमा पाँचौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *