टी-ट्वेन्टी विश्वकप

दक्षिण अफ्रिका जितका बाबजुद बाहिरियो, इंग्ल्यान्ड र अष्ट्रेलिया सेमिफाइनलमा

काठमाडाैँ । युएईमा जारी टी-ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले सुपर-१२ को खेलमा इंग्ल्यान्डलाई १० रनले पराजित गरेको छ । जितका बाबजुद दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरियो ।

टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २ विकेट गुमाएर १८९ रन बनाएको थियो । रसि भान डेर डुसेनले सर्वाधिक ९४ रनको अविजित इनिङ खेले । त्यस्तै एडन माक्रमले २५ बलमा ५२ रनको नटआउट इनिङ खेले । त्यस्तै ओपनर क्विन्टन डिककले ३४ रन बनाए ।

जवाफमा इंग्ल्यान्ड ८ विकेटको क्षतिमा १७९ रन बनाउन सक्यो । जारी प्रतियोगितामा इंग्ल्यान्डको यो पहिलो हार हो । समूह १ मा इंग्ल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ४ जित सहित ८ अंक भएपनि नेट रनरेटका आधारमा इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । दक्षिण अफ्रिका भने प्रतियोगिताबाट बाहिरियो ।

यद्यपि दक्षिण अफ्रिकाले टी-२० अन्तर्राष्ट्रियमा इंग्ल्यान्डसँग लगातार ५ हारपछि पहिलो जित निकाल्यो । इंग्ल्यान्ड टी-२० विश्वकपमा लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्न सफल रह्यो ।

अस्ट्रेलियाले मार्‍यो सेमिफाइनलमा बाजि
वेस्टइन्डिजलाई पहिलो खेलमा फराकिलो अन्तरले हराएको अस्ट्रेलिया दोस्रो खेलको प्रतीक्षामा थियो । जहाँ दक्षिण अफ्रिकाले १८९ रन बनाएपछि उसलाई १३१ रनमा इंग्ल्यान्डलाई रोक्नु पर्ने चुनौती थियो । तर इंग्लिस ब्याट्सम्यानले दक्षिण अफ्रिकाको यो सपना पुरा हुन दिएनन् ।

इंग्ल्यान्डले केवले १५.२ ओभरमा १३१ रनको आँकडा पार गर्‍यो। इंग्ल्याडले १३१ रन कटाएसँगै अस्ट्रेलियन समर्थक उत्साही रहे । किनकि अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो । समूह १ मा इंग्ल्यान्ड समूह विजेताका रूपमा रहँदा अस्ट्रेलिया उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गर्न सफल रहे । अस्ट्रेलियाले २०१२ पछि सेमिफाइनलमा स्थान बनायो ।

रबाडाको ह्याट्रिक
अन्तिम ओभरमा इंग्ल्यान्डलाई जितका लागि १४ रन आवश्यक रहेको थियो । जहाँ कागिसो रबाडाले इंग्ल्यान्डलाई जितबाट बिमुखमात्रै गरेनन् । ह्याट्रिक विकेट समेत लिए । उनले पहिलो बलमा क्रिस वोक्सलाई ७ रनको अवस्थामा आउट गरे ।

त्यस्तै दोस्रो बलमा क्याप्टेन मोर्गन १७ रन बनाए । भने तेस्रो बलमा क्रिस जोर्डन शून्य रनमा आउट भए । अन्तिम तीन बलमा रबाडाले ३ रन मात्र खर्चिएका थिए । रबाडा टी-२० विश्वकपमा ह्याट्रिक लिने पहिलो दक्षिण अफ्रिकी बलर समेत हुन ।

जारी विश्वकपमा तीन खेलाडीले ह्याट्रिक पुरा गरेका छन् । कर्टिस कुपर, वानिन्दु हसरंङ्गा र रबाडाले यसै विश्वकपमा ह्याट्रिक लिए । त्यसअघि २००७ मा ब्रेट लिले विश्वकपमा ह्याट्रिक लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *