अष्ट्रेलिया सेमिफाइनल नजिक, वेस्ट इन्डिज पराजित

काठमाडौँ । टी –ट्वेन्टी विश्वकप क्रिकेटमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै अष्ट्रेलिया सेमिफाइनल नजिकै पुगेको छ ।
जितसँगै अष्ट्रेलियाको पाँच खेलबाट ८ अंक भएको छ ।

आजै हुने दक्षिण अफ्रिका र इग्ल्यान्डको खेलको नतिजाले सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । इग्ल्यान्डलाई फराकिलो अन्तरले हराए दक्षिण अफ्रिका सेमिफाइनल पुग्नेछ । तर नेट रन रेटमा अस्ट्रेलिया अघि भएकाले दक्षिण अफ्रिकाले फराकिलो जित हात पार्नुपर्नेछ ।

वेस्टइन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर २ बल बाँकी हुँदै दुई विकेट गुमाएर भेट्टायो ।

अष्ट्रेलियाका डेभिड वार्नरले ८९ रन बनाए । उनले ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै मिचेल मार्सले आक्रामक ५३ रनको योगदान गरे ।

वेस्ट इन्डिजका अकिल होसेन र क्रिस गेलले एक–एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । वेस्ट इन्डिजका कप्तान किरोन पोलार्डले सर्वाधिक ४४ रन बनाए भने इभिन लेविसले २९ तथा सिमरोन हिटमेयरले २७ रन बनाए ।

अष्ट्रेलियाका जोश ह्याजलउडले चार विकेट लिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *