मिथिलाञ्चलमा भारद्वीतिया पर्व मनाइयो

जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा दिदीबहिनी र दाजुभाइको मायाको प्रतीक भातृद्वितीया पर्व शनिवार मनाइएको छ । यस दिन दाजुभाइहरू आफ्ना दिदीबहिनीका घरमा मिठाई, फलफूल र लुगाफालगायत काेशेली लिएर गइ न्यौत लिने गर्छन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका र माला लगाइदिँन्छन् । यसका लागि आँगनमा विशेष किसिमको चित्र [चाैका] बनाइएको हुन्छ । चौकाको एकातिर पिँढी राखेर दाजुभाइलाई बसाइन्छ ।

पिँढीमा बसाएर चेलिबेटीले दाजुभाइको हातमा चामलबाट बनाइएको पिठार लगाइदिन्छन् र माथिबाट पान र सुपारी दिँदै पानी हालेर आफ्ना दाजुभाइको हात समातेर उठाउँछन् । र आशीर्वाद लिने दिने गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई विभिन्न परिकार बनाएर खुवाउने चलन छ ।

यो पर्व पछि मिथिलाञ्चलमा छठको तयारी थालिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =