वेस्टइन्डिजद्वारा अस्ट्रेलियालाई १५८ रनको लक्ष्य

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल प्रवेशका लागि महत्त्वपूर्ण खेलमा अस्ट्रेलियाले वेस्टइन्डिजबाट १५८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ्ग गरेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनायो ।

वेस्टइन्डिजका किरोन पोलार्डले ४४ तथा एभिन लेविसले २९ तथा सिमरोन हेटमायरले २७ रन बनाए । अस्ट्रेलियाका जोस हेजलवुडले ४ विकेट लिए । यो खेल जिते अस्टे्रेलियाको सेमिफाइनल सम्भावना बलियो बन्ने छ ।

याे समूहकाे अर्को खेलमा आजै राति इग्ल्यान्ड र दक्षिण अफ्रिका खेल्दैछन्  । दक्षिण अफ्रिकाको पनि सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ । तर यो खेलमा अस्ट्रेलिया विजयी भए रन रेटका आधारमा सेमिफाइनल प्रवेश गर्न दक्षिण अफ्रिकालाई ठूलाे अन्तरको जित आवश्यक पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *