राष्ट्रपतिले लगाइदिइन् भाइ डेगेन्द्रलाई टीका

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाकाे उत्तम साइत पारेर आफ्नाे कान्छाे भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएका छन् । शनिवार बिहान ११ बजेर २ मिनेट जाँदा राष्ट्रपति भण्डारीले डेगेन्द्रलाई टीका लगाइदिएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो र मखमलीयुक्त माला लगाई कटुस, ओखर र मिठाई खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । उनले नेपाली ढाकाटोपी लगाएर भाइलाई उपहार प्रदान गरिन् । भाइ पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपतिबाट आशीर्वाद लिए ।

त्यसअघि राष्ट्रपति भण्डारीले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यम यमुनाको पूजा अर्चना गरिन् । त्यसैगरी राष्ट्रपति भण्डारीले बहिनी सुशीला पाण्डेलाई पनि टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फुलको माला दिइन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =