लामखुट्टे नियन्त्रण गर्न औषधिकाे प्रयाेग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘औषधि’ छर्न थालेको छ । जाडो मौसमको सुरुवातसँगै महानगर क्षेत्रमा लामखुट्टेको प्रकोप नियन्त्रण गर्न महानगरपालिकाले औषधि छर्ने काम थालेको हो ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको सङ्क्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा क्रमशः औषधि छर्ने काम गरिने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । यो काम आगामी मङ्सिर १० गतेसम्म सञ्चालन गरिने जनाइएको छ ।

यसअघि यही कात्तिक २ देखि ११ गतेसम्म महानगरले लामखुट्टेको लार्भा मार्न खुला नाला र खाल्डाखुल्डीमा ब्लिचिङ पाउडर छरेको थियो । लामखुट्टकाे फुल लार्भा र प्युपा हुँदै वयस्क अवस्थामा पुग्छ । स्थिर अवस्थामा रहेको तालपोखरी, खेत, खाल्डाखुल्डीमा जमेको पानीमा यो हुर्कने गरेको छ । डेंगु फैलाउने लामखुट्टे टायरमा जमेको पानी, फ्रिज, गमला वा ट्याङ्कीमा हुने सफा पानीमा हुर्कन्छ ।

चिसो र गर्मी मौसम सुरु हुँदै गर्दा वीरगञ्जमा लामखुट्टेको अत्यधिक प्रकोप देखिन थालेको छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकालाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने काम गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *