टी-ट्वेन्टी विश्वकप

साविक विजेता वेस्टइन्डिज समूह चरणबाटै बाहिरियो

काठमाडौँ । आइसीसी टी-ट्वेन्टी विश्वकप अन्तर्गत श्रीलङ्काले वेस्टइन्डिजलाई २० रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलङ्काले दिएको १९० रनको लक्ष्य पछाएको वेस्टइन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनाएको थियो ।

वेस्टइन्डिजका लागि शिमरोन हेटमायरले अविजित ८१ रन बनाएका थिए । त्यस्तै निकोलस पुरनले ४६ रन बनाए भने वेस्टइन्डिजका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यस्तै श्रीलङ्काका बलर बिनुरा फेर्नान्डो, चामिका करुनारत्ने र वानिन्दु हसरंगाले २-२ विकेट लिएका थिए । त्यस्तै दुशमार्था चमीरा र दनुस शानकाले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । श्रीलङ्काका लागि चरिथ असलंकाले सर्वाधिक ६८ रन बनाए भने पथुम निसांकाले ५१ रन बनाएका थिए । त्यस्तै कुसल परेराले २९ रन बनाए भने कप्तान दनुस शानकाले अविजित २५ र चामिका करुनारत्नेले ३ रन बनाए । त्यस्तै वेस्टइन्डिजका बलर आन्द्रे रसेलले २ विकेट लिए भने डवाने ब्राभोले एक विकेट लिए ।

यो खेल जितेपनि श्रीलङ्काको विश्वकप यात्रा सकिएको छ । सुपर १२ मा श्रीलङ्काको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र सेमिफाइनलको यात्राबाट बाहिरिएको छ । त्यस्तै वेस्टइन्डिजको यो चौथो खेलमा तेस्रो हार हो । वेस्टइन्डिजको सुपर १२ मा अझै एक खेल खेल्न बाँकी रहेपनि सेमिफाइनल यात्रा भने सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *