बङ्गलादेशलाई पराजित गर्दै अष्ट्रेलिया दोस्रो स्थानमा

काठमाडाैँ । युएईमा जारी आइसीसी टी-ट्वेन्टी विश्वकप अन्तर्गत सुपर १२ को चौथो खेलमा बंगलादेशमाथि अष्ट्रेलियाले फराकिलो जित निकालेको छ । जितसँगै समूह १ मा अष्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको छ । अष्ट्रेलियाले ८ विकेटको जित हासिल गर्दै सेमिफाइनल सम्भावना कायम राखेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेश अष्ट्रेलियाका बलरसामु निरीह रह्यो । बङ्गलादेश केवल ७४ रनमा अल आउट भयो । उक्त लक्ष्य अष्ट्रेलियाले केवल ६.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

अष्ट्रेलियाका कप्तान एरोन फिन्चले २० बलमा २ चौका र ४ छक्कासहित ४० रन बनाउँदा डेभिड वार्नरले १४ बलमा ३ चौकासहित १८ रन जोड्दा मिचेल मार्श ५ बलमा २ चौका र १ छक्कासहित १६ रनमा नटआउट रहे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको बङ्गलादेशले १५ ओभरमा ७३ रन बनाउँदा अलआउट भयो । पहिलो ओभरमानै मिचेल स्टार्कले लिटन दासलाई गोल्डेन डक गरेका थिए । दोस्रो ओभरमा जोश हेजलवुडले सौम्य सरकारलाई ५ रनमा बोल्ड गरे ।

कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । उसका लागि शहमिम होसिनले १९ रन बनाउनु सर्वाधिक रह्यो । त्यस्तै ओपनर मोहमद नइमले १७ रन तथा कप्तान महमुदुल्लाहले १६ रन बनाए । उसका ८ ब्याट्सम्यानले दोहोरो रनको स्कोर तयार गर्न सकेनन् ।

अष्ट्रेलियाका लागि एडम जाम्पाले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । त्यस्तै मिचेल स्टर्क र जोस हेजलउडले समान २-२ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *