अमेरिकाका श्रेष्ठ आरटीएम पदमा निर्वाचित

काठमाडौँ । नेपाली मूलका रामचन्द्र श्रेष्ठ कनेटिकट राज्यको ब्रान्फोड क्षेत्र नं. ४ को आरटीएम पदमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा श्रेष्ठ डेमोक्रेटिक पार्टीका तर्फबाट विजयी भएका हुन् ।

सिन्धुपाल्चोक चौताराका श्रेष्ठ २५ वर्षअघि क्यानाडा हुँदै अमेरिका पुगेका थिए । रेष्टुरेन्ट व्यवसायमा आबद्ध श्रेष्ठ परिवारका साथ ब्रान्फोर्ड बस्दै आएका छन् । ४ वर्षअघिबाट डेमोक्रेटिक पार्टीमा सक्रिय रहेका श्रेष्ठले आफ्नो जितलाई नेपाली मूलका बैको जित भएको बताएका छन् ।

भूगोल र संख्याका आधारमा ६ सिट रहेको सहरमा आफू सदस्यका रूपमा निर्वाचित भएको जानकारी दिए । ५३ वर्षीय श्रेष्ठले आफ्नो कार्यकालमा सहरलाई अझै विकसित कसरी बनाउने, कर प्रणालीमा सुधार गर्ने विद्यालयको प्रणालीलाई सुधार गर्ने विषयमा केन्द्रित हुने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *