प्रधान न्यायाधीशलाई आचार्यकाे आग्रह- ‘राजीनामा दिएर राम्रोसँग तिहार मनाउनुस्’ (भिडिओसहित)

काठमाडौँ । वरिष्ठ अधिवक्ता एवम् बार एशोसिएशनका पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्यले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको दैनन्दिन व्यक्तित्व क्षयीकरण भइरहेको बताएका छन् । बुधबार बार परिसरमा आयोजना गरिएको विरोध कोणसभालाई सम्बोधन गर्दै अधिवक्ता आचार्यले यस्तो बताएका हुन् । ‘तपाईंले राजीनामाका लागि जत्ति ढिलो गर्नुहुन्छ, त्यति नै तपाईंको सम्मान र व्यक्तित्व क्षयीकरण भइरहेको छ,’ अधिवक्ता आचार्यले भने, ‘यसको ख्याल राख्नुस् । यसभन्दा अगाडि बढ्नुपर्‍याे भने हाम्रो आन्दोलनको यस्तै नरम खाले हुनेछैन । विचार पुर्‍याएर राजीनामा दिनुस् ।’

यस्तै अधिवक्ता आचार्यले प्रधान न्यायाधी शजबरालाई राजीनामा दिएर तिहार राम्रोसँग मनाउन आग्रह गरे । ‘तपाईंले राजीनामा दिनुस्, विवेक पुर्‍याउनुस्या,’ अधिवक्ता शर्माले भने, ‘अझ कडा आन्दोलनको आह्वान नगर्नुस् । आजै राजीनामा दिनुस् । तपाईंलाई शुभकामना दिन्छौँ । यदि होइन भने अझ हामी तपाईंविरद्ध अगाडि बढ्न बाध्य हुन्छौँ ।’

प्रधान न्यायाधीशको राजीनामा न्यायापालिका शुद्धीकरण अभियानकाे सुरुवात भएको बताए । ‘तपाईंकै राजीनामा मात्रै हाम्रो एजेण्डा होइन,’ अधिवक्ता आचार्यले भने, ‘हामी न्यायापालिका शुद्धीकरणको पक्षमा छौँ । तपाईंले राजीनामा दिएपछि पनि हामी निरन्तर रूपमा न्यायापालिका शुद्धीकरणको लागि जुटिरहनेछौँ । त्यसको नेतृत्व नेपाल बार एशोसिएशनले गर्नेछ ।’

बारले प्रधान न्यायाधीशलाई राजीनामाका लागि आजसम्मका लागि समयसीमा दिएकाे छ । तर, प्रधान न्यायाधीशले भने राजीनामा दिने छाँटकाँट देखाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *