रोनाल्डोको दुई गोलमा युनाइटेड हारबाट जोगियो

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड इटालियन क्लब एटलान्टासँग बराबरीमा राेकिएको छ । समूह एफ अन्तर्गत गएराती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले युनाइटेडलाई हारबाट बचाउँदै दुई गोल गरेर एटलान्टासँग २-२ गोलको बराबरी खेलेको हो ।

खेलमा एटलान्टाका लागि जोसिप लिकिकले खेलको १२औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा रोनाल्डोले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि डुभैन जापाटाले गोल गर्दै एटलान्टालाई २-१ को अग्रता दिलाएका थिए ।

२-१ गोलले पछाडि परेको म्यानचेस्टर युनाइटेडलाई रोनाल्डोको ९१औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेर हारबाट बचाएका थिए । यो बराबरीपछि युनाइटेडको समूह एफमा ४ खेलमा ७ अंक भएको छ । त्यस्तै एटलान्टाको भने ४ खेलमा ५ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *