वैशाखसम्म मेलम्चीको पानी काठमाडौँमा आउने
२०७८ कार्तिक १७ गते

काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले वैशाखसम्म मेलम्चीको पानी काठमाडौँ उपत्यकामा सहज वितरण हुने बताएका छन् । सोमबार विभिन्न खानेपानी आयोजना अवलोकनका लागि झापा पुगेका मन्त्री चौधरीले यस्तो बताएका हुन् ।
उनले भदौको बाढीले क्षतविक्षत मेलम्ची आयोजनाको क्षति यकिन भइसकेको भन्दै पुनर्निर्माण तीव्र पारिने र वैशाखसम्म पानी नै काठमाडौँ आइपुग्ने बताएका हुन् ।
मन्त्री चौधरीले झापा क्षेत्र नम्बर ३ अन्तरगतका पृथ्वीनगर, बनियानी, बालुवाडी, केचना, पथरिया, राजगढलगायतका स्थानमा अलपत्र खानेपानी आयोजनाको अवस्थाबारे जानकारी लिएका थिए । मन्त्री चौधरीले उक्त खानेपानी आयोजनाको समस्या समाधानको पहल गर्ने समेत प्रतिबद्धता जनाएका थिए ।
२०७८ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








