गोरखापत्रका २९ पत्रकारलाई हटाएको भन्दै महासंघको आपत्ति

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानमा कार्यरत २५ जना पत्रकारलाई हटाउने निर्णय गरेका भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ । संस्थानमा विभिन्न जिल्लामा करार सेवामा झन्डै १५ वर्षदेखि कार्यरत पत्रकारहरूलाई हटाउने निर्णय गरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको यो कदम श्रमजीवी पत्रकार ऐनविरुद्ध भएको भन्दै पत्रकारको पेसागत सुरक्षा र स्वतन्त्रतामाथि नै गम्भीर प्रहार भएको ठहर गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,  ‘सरकारको यो कदम श्रमजीवी पत्रकार ऐनविरुद्ध हुनुका साथै श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको महासंघको ठहर छ ।’ यस्तै महासंघले हटाइएका पत्रकारहरूलाई तत्काल पुनर्बहाली गर्न समेत माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =