जुवातास खेल्ने २९ जना पक्राउ, नगद ३ लाख ८६ हजार बरामद

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा विभिन्न ठाउँकबाट प्रहरीले २९ जनालाई पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–७ गोल्मढीका ३८ वर्षीय राजेश खयामलीको किराना पसलमा तास खेलिरहेको अवस्थामा राजेशलगायत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी
परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६९ हजार ७ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाएको छ ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा भिमसेन चोकस्थित थकाली भान्सा घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–९ बस्ने ४० वर्षीय सूर्य बहादुर बिक लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त भान्सा घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले
उनीहरुलाई नगद ५८ हजार ४ सय ९५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
नवलपरासी९पूर्व०, गैंडाकोट नगरपालिका–१० भैसाखोरी बस्ने ४७ वर्षीय डिल्लीराम सापकोटाको सोही ठाउँस्थित सापकोटा न्यू तन्दुरी होटल एण्ड रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा डिल्लीराम लगायत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ३५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने ४० वर्षीय भिमबहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा बोहरा लगायत १४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९३ हजार १ सय ८५ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालय जनाएको छ ।









