कोभिड परीक्षणको शुल्क अब १२ सय

काठमाडौँ । सरकारले विदेश जाने नेपालीका लागि कोभिड परीक्षणको शुल्क घटाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदेसिने नेपाली यात्रुबाट कोभिड-१९ परीक्षण गरेबापत लिइँदै आएको शुल्क २ हजारबाट घटाएर १२ सय रुपैयाँ कायम गरिएको आलेको सचिवालयले जनाएको छ ।

गएको शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमनका क्रममा मन्त्री आलेले विदेश जाने नेपालीलाई आरडीटी तथा पीसीआर परीक्षणको शुल्क बढी भएकाले घटाउन निर्देशन दिएको र त्यसै अनुसार अहिले प्रयोगशालाले १२ सय मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको सचिवालयले जनाएको छ ।

अहिले प्रयोगशालालाई शुल्क घटाउन निर्देशन दिइसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिए । विमानस्थल परिसरभित्र स्टार हस्पिटल, टीजी मेडिसिन डिष्ट्रिब्यूटर्स, क्रिस्टल डाईग्नोष्टिक, अल्फा हेल्थ केयर एण्ड डाईग्नोष्टिक, क्लिनिकल एण्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबले पीसीआरका लागि नमुना सङ्कलन गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =