कुकुरले टोकेका व्यक्तिलाई कोरोना विरुद्धको खोप !

भारत। झारखण्डको पलामु जिल्लामा एक स्वास्थ्यकर्मीले कुकुरले टोकेका व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाएको पाइएको छ।  शनिवार नौडीहा गाउँस्थित कुकुरले टोकेका ५० वर्षीय राजु नामक ती व्यक्ति एन्टि-रेबिज खोप लगाउन स्थानीय स्वास्थ्य चौकी पुगेका थिए । तर स्वास्थ्यकर्मीले लापरबाहीका कारण उनलाई कोरोना विरुद्धको खोप लगाइ दिए  ।

उनले पहिले नै कोरोना विरुद्धको खोप लगाइसकेका थिए । सो घटनाको छानबिनका लागि पलामु क्षेत्रका स्वास्थ्य प्रमुख डा अनिल कुमारको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको छ ।

छानबिन रिपोर्टपछि ती स्वास्थ्यकर्मीमाथि आवश्यक कारबाही गरिने बताइएको छ । कोरोना विरुद्धको खोप लगाएका ती व्यक्तिको स्वास्थ्य अवस्था भने हाल सामान्य रहेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *