मर्यादा मिडियाको लैंगिक समानतासम्बन्धी कार्यशाला शुरू

काठमाडौँ । लैंगिक समानता तथा सामाजिक समावेशीकरण संवेदनशीलतासम्बन्धी तीनदिने कार्यशाला आइतबारदेखि काठमाडौँमा शुरू भएको छ । मर्यादा मिडियाको आयोजनामा सातै प्रदेशका विभिन्न राजनीतिक, सामाजिक तथा पेसागत जीवनमा सक्रिय ३५ जना दलित महिलाको सहभागिता छ ।

कार्यशालाको संविधानसभा सदस्य कमला विश्वकर्मा, वागमती प्रदेशसभा सदस्य शोभा शाक्य, मधेशी दलित महासंघकी केन्द्रीय सदस्य गीता पासवान, एसियन जेन्डर ट्रेनिङ केआईजीएपीई २० फेलो सावित्रा परियार, १९ फेलो अन्जु कँडेल र मर्यादा मिडियाका अध्यक्ष प्रकाशचन्द्र परियारले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

महिला समानता, प्रतिनिधित्व र प्रगतिलाई केन्द्रमा मर्यादा मिडियाले हिमाल, पहाड र मधेश सबै क्षेत्रका दलित महिलाका विशिष्ट समस्यालाई सम्बोधन गर्न नयाँ पहल शुरू भएको आयोजकले बताएको छ ।

वक्ताहरूले समतामूलक समृद्धिका लागि लैंगिक, जातीय र आर्थिक रूपमा त्रिकोणात्मक मार खेपिरहेको दलित महिलाका सवाल अब राज्यका सवाल बनाउनुपर्ने आवश्यक्ता औँल्याएका छन् । ३ दिनसम्म चल्ने कार्यशालामा मानव अधिकार, सामाजिक न्याय लैंगिक समानता, समावेशीकरण र मानव मर्यादाका विविध पाटाहरू समेटिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =