चक्कु प्रहारबाट किशोरको मृत्यु, एक पक्राउ

धनगढी । कैलाली प्रहरीले धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ परेको छ । जिल्लाको भजनी नगरपालिका -३ ठेकीपुरका १८ वर्षीय किरण साउदलाई प्रहरीले पक्राउ गरेको हो ।

किरण र टिकापुर नगरपालिका -८ कालीमाटीका १८ वर्षीय अनुप साउदबीच वादविवाद भई झगडा हुँदा किरणले अनुपलाई चक्कु प्रहार गरेर घाइते बनाएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

घाइते साउदको टिकापुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनामा संलग्न किरणलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *