इंग्ल्यान्डको लगातार जित, बंगलादेश ८ विकेटले पराजित

काठमाडौँ । टि–ट्वेन्टी विश्वकपमा इंग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनल सम्भावना बलियो बनाएको हो । लगातार दुई हारले बंगलादेशको सेमिफाइनल यात्रा भने कठिन बनेको छ ।

१ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर १ बलमा २ विकेटको क्षतिमा पूरा गर्योय । इंग्ल्यान्डका ओपनर जेसन रोयले ६१ रन बनाए । डेविड मलानले २८ रनमा अविजित रहे । बंगलादेशका सरिफुल ईस्लाम र नासुम अहमदले १–१ विकेट लिए ।

आबूधाबीमा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । बंगलादेशका मुस्फिकुर रहिमले सर्वाधिक २९ रन बनाए ।

इंग्ल्यान्डका मिल्सले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको थियो । इंग्ल्यान्ड शीर्ष स्थानमा छ । इंग्ल्यान्डले अब शनिबार अष्ट्रेलियासँग खेल्नेछ भने बंगलादेशले शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *