तेलकोटको सयौँ रोपनी खेतमा धान नफल्दा किसान मर्कामा

भक्तपुर । नगरकोट तेलकोट गौरीगाउँका किसानले यसपटक धान नफलेको बताएका छन् । धान पसाए पनि बाला ननुहिएको किसान सम्झना तामाङले बताइन् । आफ्नो करिब दुई रोपनीको क्षेत्रफलमा रोपेको धानको बाला ननुहेको उनको भनाइ छ ।

सधैँ लगाउने डीवाई २८ (हाइब्रिड) जातकै धान यसपटक पनि लगाएको‚ तर नफलेको उनले बताइन् ।

गौरीगाउँको करिब दुई सय रोपनीमा लगाइएको धान बाली नफलेको किसानहरूले बताएका छन् ।

पञ्जीकरण नभएको धानको प्रयोगका कारण सरकारबाट क्षतिपूर्ति राहतको सम्भावना पनि निकै कम भएकाले थप चिन्ता बढेको किसानहरू बताउँछन् ।

धान विज्ञ टिका कार्कीका अनुसार उक्त धानको समस्या यस वर्ष जताततै देखिएको छ । नगरकोटमा जस्तै चाँगुनारायणलगायत ठाउँमा पनि उक्त जातको धानमा समस्या छ ।

पहाडी पर्यायवरणका लागि सिफारिस गरिएको उक्त जातको धानको हालसम्म पनि पञ्जीकरण नभएको उनले बताए ।

हाइब्रिड धानकै लागि पनि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले विकास गरेको उन्नत जातको खुमल १०, ११ र १२ जातका धान उपयुक्त हुने भएकाले हाइब्रिड भन्दैमा जुनसुकै जातको बाली लगाउन नहुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 6 =