बंगलादेशद्वारा इङ्ल्यान्डसामु १२५ रनको लक्ष्य

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेटमा बंगलादेशले इङ्ल्यान्डलाई १२५ रनको लक्ष्य दिएको छ । बंगलादेशले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रनमा समेटिएपछि इङ्ल्यान्डले सामान्य लक्ष्य पाएको हो ।

बंगलादेशका लागि मुस्तफिजुर रहिमले बनाएको २९ रन सर्वाधिक रह्यो । महमदुल्लाह र नासुम अहमदले १९–१९ रन बनाए । इङ्ल्यान्डका ट्याम मिल्ससले ४ ओभरमा उनले २७ रन खर्चिएर तीन विकेट लिए ।

त्यस्तै मोइन अली र लिम लिभिग्स्टोनले दुई–दुई विकेट लिए ।

पहिलो खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो भने बंगलादेश पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *