जीवनपर्यन्त सिकाइमा उत्कृष्ट १० शहरलाई यूनेस्को अवार्ड

काठमाडौँ । यूनेस्कोद्वारा हरेक वर्ष प्रदान गरिने ‘यूनेस्को लर्निङ सिटी अवार्ड’ पाउने  १० शहरको नाम घोषणा भएको छ ।

बुधबार दक्षिण कोरियाको योन्सुमा हुने ‘पाँचौं इन्टरनेसनल कन्फरेन्स अन लर्निङ सिटिज’मा विश्वका उत्कृष्ट ठहरिएका यी १० शहरले अवार्ड प्राप्त गर्नेछन् ।

ती शहरले आफ्ना नागरिकलाई जस्तोसुकै अवस्थामा पनि  जीवनपर्यन्त सिक्ने अवसर प्रदान गरेको भन्दै यूनेस्कोले अवार्डद्वारा सम्मान गर्ने घोषणा गरेको हो ।

सम्मानित हुने शहरहरूमा कतारको अल वाक्रा‚ बेलायत तथा उत्तरी आयरल्यान्डको बेल्फास्ट‚ फ्रान्सको क्लेरमन्ट फेर्रान्ड‚ इजिप्टको डमिएट्टा‚ आयरल्यान्डको डबलिन‚ मेक्सिकोको हुवेजोट्जिङ्गो‚ साउदी अरेबियाको जुबेल इन्डस्ट्रियल सिटी‚ कोरियाको ओसान‚ चीनको सांघाई र अस्ट्रेलियाको विन्डम रहेका छन् ।

यी शहरहरू इन्डिपेन्डेन्ट जूरी अफ इन्टरनेसनल एक्सपर्ट्सको सिफारिसमा यूनेस्कोको इन्स्टिच्युट फर लाइफलङ लर्निङ (यूआईएल) ले मनोनित गरेको थियो ।

शहरी क्षेत्रमा बसोबास गर्ने आधाभन्दा बढी मानिसहरूलाई सिकाइको अवसर प्रदान गर्नुमा बसोबास गर्दै आएको शहरको मुख्य भूमिका हुने भन्दै यो अवार्डले शहरी क्षेत्रमा रहने मानिसहरूलाई अझ हौसला बढ्ने विश्वास लिएको यूआईएलका निर्देशक डेभिड एट्कोरेनाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *