मुख्यमन्त्री शाक्य राजीनामा दिने तयारीमा

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने तयारी गरेकी छन् । एक नेताले मकालुखबरसँग भने, ‘हो उहाँले तयारी गरिरहनुभएको हाे ।’ मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची छ । यद्यपि उनले विश्वासको मतको सामना नगरीकनै राजीनामा दिने सम्भावना बढी रहेको ती नेताले बताए ।

बुधबार नै प्रदेश सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुने जनाइएको छ । तर, मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ प्रदेश सभामा दिने र लगत्तै राजीनामासमेत दिने ती नेताले बताएका छन् ।

प्रदेश सभामा सत्तारुढ दल एमाले अल्पमतमा छ । माधवकुमार नेपालले एकीकृत समाजवादीले गठन गरेपछि प्रदेशमा एमाले अल्पमतमा परेको हो । संविधानतः सत्तारुढ दल विभाजन भए नेतृत्वले आफूमाथि सदनको विश्वास छ भन्ने पुष्टि गर्नुपर्छ । त्यसका लागि बहुमत सदस्य आफ्नो पक्षमा जुट्नुपर्छ । तर, बागमतीमा त्यो अवस्था छैन । मुख्यमन्त्री शाक्यले विश्वासको मतको सामना गरिन् भने उनले बहुमत नपाउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *