टी-ट्वेन्टीमा पहिलो पटक खेल्दै इंग्ल्यान्ड र बंगलादेश

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप क्रिकेटमा आज इंगल्यान्ड र बंगलादेश खेल्दैछन् । यी दुई देश टी-ट्वेन्टी फर्म्याटमा पहिलोपटक आपसमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

खेल दिउँसो ३:४५ मा अबुधाबीमा शुरू हुनेछ । पहिलो खेलमा वेस्टइन्डिजलाई हराएर हौसिएको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने दाउमा छ । पहिलो खेलमा श्रीलंकासँग पराजित बंगलादेश भने पहिलो जितको खोजिमा छ । आजपनि पराजित भएमा बंगलादेश प्रतियोगितबाट बाहिरिने खतरा बढ्नेछ ।

वेस्टइन्डिजलाई ५५ रनमा समेटेको इंग्लयान्डले ५६ रनको लक्ष्य पछ्याउँदा ४ विकेट गुमाएको थियो । तर एसियाली भुमिमा डार्क हर्सका रुपमा रहेको बंगलादेश पुन एकपटक खतरनाक सावित हुन सक्नेछ । बंगलादेश श्रीलंकासँग पनि राम्रो प्रदर्शनका बाबजुत पराजित भएको थियो ।

इंग्ल्यान्डलाई आफ्ना ब्याट्सम्यानको लयले साथ दिएको छ । टप अर्डरमा जोस बटलर तथा जेसन रोयको साथ रहँदा मध्यक्रममा डेभिड मलान, जोनी ब्रेस्टो लियाम लिबिस्टोन टिमको मेरूदण्डका रुपमा रहने छन् । कप्तान इयोन मोर्गेन अहिले फर्ममा छैनन् तरपनि इंग्ल्यान्ड बलियो ब्याटिङ लाइनअपमा विश्वस्त देखिन्छ ।

बंगलादेश बलिया देश विरुद्ध आत्मविश्वासी छ । उसले विश्वकप अघि अस्ट्रेलिया तथा न्युजिल्यान्डलाई पराजित गरेको थियो । उसका लागि अनुभबी खेलाडी मुसफिकुर रहीम, मोहमम्द नइम, महमुदुल्लाह तथा अलराउन्डर शकिब अल हसन मुख्य हतियारका रुपमा रहनेछन् । त्यस्तै मुस्ताफिजुर, नासुम अहमद लगायत खेलाडी इंग्ल्यान्डका ब्याट्सम्यानलाई तनाब दिन सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *