काराबाओ कप

चेल्सी र आर्सनल क्वाटरफाइनलमा

काठमाडौँ । चेल्सी साउथहम्पटमलाई पराजित गर्दै काराबाओ कपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा चेल्सी पेनाल्टी सुटआउटमा साउथहम्पटमसँग विजयी भएको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

चेल्सीका लागि काइ हाभेर्टजले र साउथहम्पटमका लागि चे एडम्सले एक एक गोल गरेका थिए । पेनाल्टी सुटआउटमा चेल्सीले साउथहम्पटमलाई ४-३ ले खेल जितेको थियो ।

त्यस्तै अर्को खेलमा आर्सनलले लीड्स युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ भने सन्डरल्याण्डले क्यूपीआरलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *