उपत्यकामा चिसो बढ्यो, यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । मंगलबारको तुलनामा आज तापक्रम कम भएसँगै चिसो महसुस गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् निराजन सापकोटाका अनुसार बिहान ६ बजे काठमाडौँको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो ।

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम सुरु भएको मौसमविद् सापकोटाले बताए । ‘अबको केही दिन तापक्रम घटबढ भइरहने छ,’ उनले भने, ‘राती मौसम खुल्दा तापक्रम घट्छ भने बदली रहँदा सामान्यतया घटबढ हुँदैन ।’

अहिले पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली र बाँकी क्षेत्रमा सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

यस्तो छ तीन दिनको पूर्वानुमान

आज
दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफादेखि आंशिक बदली सम्म रहनेछ । देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदलीसम्म रहनेछ । पहाडी भूभागका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहनुको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरूमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ ।

बिहीबार
दिउँसो: देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती: देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ ।

शुक्रबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका थोरै स्थानहरूमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका बासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *