‘डिस्टिङ्सन’ ल्याउनेगरी काम गर्छु मन्त्री : आले (भिडिओसहित)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू माफियाहरूको सिफारिसमा मन्त्री नबनेको स्पष्ट पारेका छन् । ‘म कुनै माफिया, प्राइभेट कम्पनी वा हिजोको ती प्राइभेट माफियाहरूको सिफारिसमा आएको मान्छे होइन,’ मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले भने, ‘म जनताको पीडा समाधानका लागि काम गर्नेछु ।’

आफूले मन्त्रालयीय कामहरूलाई प्राथमिकतामा राखेर हरेक कामहरू फत्ते गर्ने भन्दै मन्त्री ओलेले विश्वास दिलाए । ‘मेरो सचिव, अन्य कर्मचारी साथीहरू सबैको समन्वयबाट कामहरू गर्नेछौँ । समस्याको समाधान गर्नेछौँ । मैले सयमा मिनिमत पनि डिस्टिङ्सन ल्याउनेगरी काम गर्छु । मैले ३२ मात्रै ल्याउनेगरी काम गर्ने हाेइन ।’

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‌मा पनि मन्त्री बनेका आले अहिले पर्यटनमन्त्री छन् । उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको कोटाबाट मन्त्री बनेका छन् । पहिलो कार्यकालमै विवादमा तानिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *