सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ पाकिस्तान

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपमा मंगलबार (आज) पाकिस्तानले न्युजिल्यान्डसँग खेल्दैछ । खेल सारजाहमा नेपाली समयअनुसार राती ७:४५ मा शुरू हुनेछ ।

पाकिस्तानले आफ्नो पहिलो खेलमा आइतबार भारतलाई १० विकेटले हराएको थियो । पाकिस्तानी टीम ४८ घण्टाभित्र दोस्रो खेलका लागि मैदान उत्रँदैछ । न्युजिल्यान्डको भने जारी विश्वकपमा यो पहिलो खेल हो ।

पाकिस्तानले यो खेल जितेमा सेमिफाइनल यात्रा बलियो हुनेछ । त्यसपछि पाकिस्तानले तुलनात्मक रुपमा कमजोर मानिएका अफगानिस्तान, स्कटल्यान्ड तथा नामिबियासँग खेल्नेछ । सुपर-१२ मा हरेक समूहका दुई टीम अन्तिम चारमा पुग्ने भएकाले पनि पाकिस्तान यो खेलमा भारतसँग जस्तै संयमित इनिङ खेल्न चाहन्छ ।

न्युजिल्यान्ड केहि समयअघि पाकिस्तानविरुद्धको एकदिवसीय र टी-२० श्रृंखला सुरक्षाको कारण देखाउँदै नखेल्ने निर्णय गरेको थियो । बंगलादेशसँग न्युजिल्यान्ड पराजित भएकाले पाकिस्तान केही खुशी हुन सक्छ तर न्युजिल्यान्ड भने पहिलो खेलबाटैआफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छ।

आजको खेलमा यदि न्युजिल्यान्ड पाकिस्तानसँग पराजित भएमा पहिलो खेलमा पराजित भएको भारतलाई केहि राहत मिल्नेछ ।

कस्तो छ पिच ?
खेल सारजाहको नयाँ पिचमा हुनेछ । दोस्रो इनिङमा ओसको भूमिका हुनेछ । त्यसैले टस जित्ने टीम पहिले बलिङ गर्ने सम्भावना रहनेछ । अहिलेसम्म पाकिस्तानले टी-२० विश्वकपमा ५ खेलमा ३ मा जित हासिल गरेको छ । आज न्युजिल्यान्डका लागि टीम साउथीले एक सयौँ टी-२० विकेट लिन सक्नेछन् । उनी यो ऐतिहासिक उपलब्धिभन्दा १ विकेटले टाढा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *