अति विपन्न ५ लाख परिवारलाई ५ अर्ब बाँड्न कार्यविधि स्वीकृत

काठमाडौँ। सरकारले कोभिड प्रभावित अतिविपन्न ५ लाख परिवारलाई १० हजार रुपैयाँका दरले अनुदान रकम वितरण गर्न कार्यविधि स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘कोभिड – १९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८’ स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अर्थमन्त्री जनार्दन शर्माले दशैंलगायत चाडपर्व मनाउन सहज होस् भन्ने उद्देश्यले कोभिडका कारण रोजगारी गुमाएका अति विपन्न ५ लाख परिबारलाई १० हजारका दरले अनुदान रकम वितरण गर्ने व्यवस्था बजेटमार्फत गरेका थिए ।

अर्थमन्त्री शर्माले आफ्ना कार्यकर्ता पोस्न उक्त बजेटमार्फत उक्त व्यवस्था गरेको भन्दै यसको आलोचना समेत भएको थियो । कार्यविधिसमेत केही समय रोखिएको थियो । अर्थमन्त्रीको निर्देशनमा बनेको कार्यविधिमा केही संशोधन गरेपछि मात्रै प्रधानमन्त्री कार्यविधि स्वीकृत गर्न सहमत भएको स्रोतले जनाएको छ ।

कार्यविधि तयार भएकोले अब स्थानीय तहमार्फत अति विपन्न परिवारको पहिचान गरी रकम वितरण गर्न बाटो खुलेको छ । तर, तिहार नजिक आइसकेकोले तिहारअघि नै रकम वितरण हुन सक्ने देखिएको छैन ।

यसको लागि ५ अर्ब रुपैयाँ खर्च हुने छ । मन्त्रीपरिषद्बाट कार्यविधि स्विकृति भएसँगै तिहार अगाडि नै पैसा बाड्ने बाटो खुलेको छ ।

याे पनि– अति विपन्नलाई दिने भनिएकाे ५ अर्ब दशैँअघि वितरण नहुने 

याे पनि– सरकारले ५ लाख गरीब परिवारलाई १० हजार नगद अनुदान दिने

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *