श्रीमती र छाेरीकाे टोकेर हत्या गरेको अभियोगमा एक जना पक्राउ

विराटनगर । इलाममा टोकेर श्रीमती र छोरीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
देउमाई नगरपालिका- ५ बारूङका ३३ वर्षीय कमल भनिने पूर्णचन्द्र तामाङले ३४ वर्षीया पत्नी सीता र १६ वर्षीया छोरी दिक्षा तामाङको हत्या गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आफू धामी भएको भन्दै उनले झारफुक गर्ने क्रममा पत्नी र छोरीको घाँटी तथा शरीरको विभिन्न भागमा टोकेकाे र टोकाइबाट पत्नी र छोरीको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएको छ ।

‘सोमबार राति तामाङले आफूमा धामी उत्रेको भन्दै घरमा चिन्ता बसेका थिए । ‘घरमा चिन्ता लगाउन थालेपछि तामाङ परिवारका अन्य सदस्य पनि झारफुक गराउनका लागि उनको घरमा भेला भएका थिए‚’ एसपी श्रेष्ठले भने‚ ‘घरमा अरु सदस्य भेल अरुलाई घर बाहिर पठाएका रहेछन्, त्यही समयमा उनले पत्नी र छोरीलाई टोकेर हत्या गरेकाे खुल्न आएकाे छ’ इलामका प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले भने ।

उनले आफ्नै घरमा पालेको कुकुरसमेत मारेको स्थानीयले बताएका छन् ।

घटना मंगलबार बिहान करीब ३ बजेतिर भएपनि झारफुक गराउन भेला भएका र छिमेकीले बिहान ६ बजेतिर मात्र थाहा पाएका थिए । तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेमा राखिएको छ । शव पाेष्टमार्टमका लागि धरान पठाएकाे एसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *