वेस्ट इन्डिजलाई खेलमा फर्कने अवसर

काठमाडौँ । टी-ट्वेन्टी विश्वकपमा मंगलबार वेस्ट इन्डिज र दक्षिण अफ्रिका खेल्दैछन् । खेल दुबईमा नेपाली समयअनुसार दिउँसो ३:४५ मा शुरू हुनेछ। आ-आफ्नो पहिलो खेलमा पराजित दुवै टिमलाई दोस्रो खेलमा जित जरूरी छ । सेमिफाइनल आशा कायमै राख्न जित्नुपर्ने दबाब पनि छ ।

दक्षिण अफ्रिकाले शनिवारकाे खेलमा अस्ट्रेलियासँग ११८ रन मात्रै बनाउन सकेको थियो । जसका कारण उसको लगातार सात खेलको जितको यात्रा अन्त भएको थियो ।

अझ वेस्टइन्डिज त सुपर १२ को पहिलो खेलमा इंग्ल्यान्ड विरुद्ध केवल ५५ रनमा अलआउट भयो । साविक च्याम्पियन वेस्ट इन्डिजमा एक से एक पावर हिटर ब्याटर छन् । उपाधि दाबेदारका रुपमा हेरिएको वेस्ट इन्डिज पहिलो खेलको बिर्सन लायक प्रदर्शनबाट माथि उठ्ने ध्याउन्नमा हुनेछ । यसका लागि उसले दोस्रो खेलमा पुनरागमन गर्नुपर्नेछ ।

वेस्ट इन्डिज इंग्ल्यान्डसँग ५५ रन मात्र बनाउन सकेको त्यहि पिचमा आज खेल्न लागेको छ ।

कस्तो छ मैदान ?

दुबईमा मा वेस्टइन्डिजले ५५ रनमात्रै जोडेको थियो । यद्धपि यहि मैदानमा भारतले पाकिस्तानलाई १५१ रनको लक्ष्य दिएको थियो । सामान्यतया: १६० भन्दा बढीको लक्ष्य जितका लागि यो मैदानमा आवश्यक हुने ठानिएको छ। मैदान ओसिलो हुने भएकाले पछि ब्याटिङ गर्ने टिमलाई फाइदा मिल्ने छ।

कस्ले जित्ला ?

वेस्टइन्डिज र दक्षिण अफ्रिकाले टी-ट्वेन्टी विश्वकपमा तीन पटक प्रतिस्पर्धा गरेका छन् । जसमा वेस्टइन्डिज केवल एक खेलमा मात्र जित हासिल गर्न सफल भएको छ । विश्वकपबाहेक भने पछिल्लो पटक गत जुलाईमा वेस्टइन्डिजले दक्षिण अफ्रिकालाई हराएको थियो ।

दक्षिण अफ्रिका र वेस्ट इन्डिज दुबैले पहिलो खेल गुमाए । यति मात्र होइन पहिलो खेलमा दुवैले औषत स्कोर नै बनाउन सकेनन् । त्यसैले आज दुवै सम्हालिएर मैदान उत्रनेछन् । तर फेरि पनि टी-ट्वेन्टीका धुरन्धर खेलाडी र जुनसुकै समयमा खेलमा फर्कन सक्ने क्षमता वेस्ट इन्डिजको भएकाले वेस्ट इन्डिज केही बलियो हुन सक्ने आँकलन गर्न सकिन्छ ।

तर इँग्ल्यान्डसँग मात्र ५५ रनमा अलआउट भएको र त्यहि मैदानमा खेल्न लागेकाले वेस्ट इन्डिजको प्रदर्शनप्रति पनि शंका गर्ने ठाउँ प्रशस्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *