टी-ट्वेन्टी विश्वकपमा आज दुई खेल

काठमाडौँ । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत दुई खेल हुँदै छन् । आज दक्षिण अफ्रीका र वेस्ट इन्डिज तथा पाकिस्तान र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुने भएको हो ।

पहिलो खेल दुबईमा दिउँसो ३:४५ बजे अफ्रीका र वेस्ट इन्डिजबीच हुनेछ । समूह १ मा रहेका दक्षिण अफ्रीका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् ।

दोस्रो खेल राति ७:४५ बजे पाकिस्तानले न्युजिल्याण्डबीच हुनेछ । पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । न्युजिल्याण्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *