इरानसँग नेपाल ४-० ले पराजित

काठमाडौँ । एएफसी यू-२३ एसियन कप छनोट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल इरानसँग ४-० गोलले पराजित भएको छ । बलियो प्रतिद्वन्दी इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भए पनि नेपालले दोस्रो हाफमा ४ गोल खायो र पराजित भयो ।

ताजिकिस्तानको दुशान्बेस्थित रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा इरानले पहिलो हाफमा पाएको पेनाल्टीमा पनि गोल गर्न नसकेपछि पहिलो हाफ बराबरीमा टुङ्गिएको थियो ।

नेपालले बिहीबार आयोजक ताजिकिस्तानसँग र आफ्नो समूहको अन्तिम खेल आइतबार लेबनानसँग खेल्नेछ ।

समूहको अर्को खेलमा आज लेबनान र ताजिकिस्तान खेल्नेछन् । समूहको शीर्ष स्थानमा रहने टिम अन्तिम चरणमा छनोट हुनेछ । यस्तै, दोस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चार टिम पनि अन्तिम चरणमा छनोट हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *